Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं– गत बैशाख १२ गते आएको महाभूकम्पमा परेर मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार महाभूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार २० पुगेको हो ।

प्रहरीका अनुसार सबैभन्दा बढी मध्य क्षेत्रमा ५ हजार ८ सय ३३ रहेको छ । उपत्यकामा १ हजार ७ सय १३, पश्चिम क्षेत्रमा ४ सय १९, पूर्वक्षेत्रमा ५३ र मध्यपश्चिमा २ जनाको मृत्यु भएको छ ।

महाभूकम्पबाट १६ हजार ३३ जना घाइते भएका छन् । तीमध्ये ५ हजार ९ सय ९६ जना अझै उपचारत् छन् ।

प्रहरीले अबिलेसम्म ७ हजार ९ सय ४१ जनाको शव बुझाएको छ भने ३० जनाको शव पहिचान हुन बाँकी रहेको जनाएको छ ।

यसैबीच प्रहरीले हराएका स्वदेशी तथा विदेशी नागरिकको विवरण संकलन तथा खोजीका लागि छुट्टै डेस्क स्थापना गरेको छ । प्रहरीले हराएका व्यक्तिहरुको खोजीका लागि ‘मिसिङ पर्सन डेस्क’ स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया