Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं – आज बिहान पनि ४ दशमलव ४ म्याग्निच्युटको भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ६ बजेर ३४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि गएराति १ बजेर ५० मिनेटमा पनि सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ४ दशमलव २ म्याग्निच्युटको भूकम्पको कम्पन गएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार महाभूकम्पपछि १ सय ५५ वटा पराकम्पन गएको छ । पराकम्पनका कारण ठुलो भूकम्प आउने खतरा पनि टर्दै जाने केन्द्रले जनाएको छ ।

यसैबीच भूकम्पमा परी मृत्यु हुनेको संख्या झण्डै आठ हजार पुग्न लागेको नेपाल प्रहरीले जनाएको छ । ***

तपाईको प्रतिक्रिया