Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विपत्तिको सामना गर्ने आवश्यक तयारी हुन नसक्दा मुलुकले ठूलो विपत्तिको मार खेप्नुपरेको बताउनुभएको छ ।

व्यवस्थापिका-संसद्को आजको बैठकमा भाग लिँदै उहाँले मुलुकको भौगोलिक अवस्था र यातायातको कठिनाइका कारण तत्काल उध्दार र राहतका काम सोचेअनुरुप अघि बढ्न नसकेको विचार व्यक्त गर्नुभयो । राहत तथा पुनःस्थापनको कामलाई अघि बढाउँदा मुलुकको भौगोलिक विशेषता र आवश्यकतालाई ध्यान दिएर भूकम्पपीडितको राहतका लागि सबै राजनीतिक दल र सबै पक्ष एकजुट र एकताबध्द भएर अघि बढ्न नेता खनालले आह्वान गर्नुभयो ।

विपत्तिको सामना गर्ने क्रममा राष्ट्रिय सरकारको गठनलाई पनि ध्यान पुरयाउन आवश्यक रहेको बताउँदै वरिष्ठ नेता खनालले वर्षायाम नजिकै आइसकेकाले पुनःस्थापना र पुनःनिर्माणको कामलाई तुरुन्तै तीव्र रुपमा सुरु गर्नुपर्छ भन्नुभयो । पूर्वप्रधानमन्त्री उहाँले भन्नुभयो, ‘मुलुकमा ठूलो भूकम्पको विध्वंस भयो, यो नयाँ नेपाल निर्माण गर्नका लागि अवसर पनि हो, पुनःनिर्माण गरेर राष्ट्रको स्वाभिमान र अखण्डतालाई जोगाउने विषयमा सबै एकताबध्द हुनुपर्छ । ***

तपाईको प्रतिक्रिया