बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

नेपाल महाभूकम्पबाट ५ तारिख देखि दशौं दिनमा प्रवेश गर्‍यो । खाद्य अवस्था बारेमा चिन्ता गरिएता पनि, देखिने खालका दंगा भड्केका छैनन् । मानिसरहित बजारमा लुटपाट नभएको, त्रिपालमा जीवनयापन गरिरहेका पीडितले तुलनात्मक रुपमा सहि ढंगले दिनहरू बिताइरहेका छन् । सन् २०११ सालमा पूर्वी जापानमा आएको महाभूकम्पमा लुटपाट नभएको कुरालाई लिएर विदेश देखि प्रशंसाका लहर छाएका थिए । नेपालमा बसिरहेका जापानीहरू पनि ‘यहाँ पनि जापानी जस्तै आपसी सहयोगको भावना छ’ भनेर दुई देशको समानताको बारेमा भन्न थालेका छन् ।

राजधानी काठमाडौंमा सबैभन्दा ठूलो आश्रयस्थल बनेको रत्नपार्कमा २५०० व्यक्ति, त्रिपालभित्र जीवनयापन गरिरहेका छन् । हरेक दिन, नेपाली सेनाद्वारा गरिने खाद्यान्न वितरणमा एक हजार जना भन्दा बढिको लाइन लाग्छ । तर, व्यवस्थित तवरले एक पङतिमा उभिएर, बीचमा छिर्ने मान्छे नभई, राहत लिन उच्छृङ्खलता अपनाउने पनि गरेको देखिएन ।

त्रिपालमा ४ जना परिवारका सदस्यसँगै जीवन यापन गर्दै आएका ४४ वर्षीय धर्मलाल शाक्य भन्छन्, ‘यहाँ आएपछि सबैजनाले सहयोग गर्नुहुन्छ । भित्रैबाट नमन गर्न चाहन्छु । सबैले बाँडीचुँडी गरेकाले जेनतेन पुगिहाल्छ, रोइकराइ गर्दैमा बढ्ने होइन क्यारे’ भनेर चित्त बुझाउनुहुन्छ ।

नेपालमा १४ वर्षबाट बसोबास गर्दै आएका मदिरा थोक बिक्री कम्पनीका ४८ वर्षीय व्यवस्थापक ताकादा हिदेआकी भन्नुहुन्छ – नेपालीहरूमा, भएका व्यक्तिले नभएका व्यक्तिलाई दिएर, एकअर्कालाई सकेसम्म सहयोग गर्ने भावना छ । अनि, घुमिफिरी फेरि जन्म लिन पर्छ भन्ने धार्मिक विश्वास पनि छ । नेपालीहरूमा बितेका कुरामा दुःख मनाउ नगरी, सजिलै विश्वस्त हुने स्वभाव भएकोले पनि यस्तो सम्भव भएको हो ।

विगत २० वर्षदेखि नेपालमा जापानी भाषा अध्यापन गराउँदै आउनुभएका ६४ वर्षीय साकामोतो मिदोरी पनि सरकारको सहायतामा भर पर्नु भन्दा पनि आफैले केही गरौं भन्ने भावना नेपालीहरुमा बलियो भएको बताउनुहुन्छ । मूल रूपमा गरिब मूलुक, पूर्वाधार पनि बनिनसकेको अनि आधादिन बिजुली जानु स्वाभाविक बनेको असुविधाजनक जीवन यापनमा अभ्यस्त भै सकेका भएर पनि हो भन्नुहुन्छ । स्मरणका लागि समृध्दी औंल्याउने संयुक्त राष्ट्र संघको सूचाङ्क संकेतमा, सन् २०१४ को तथ्याङ्कअनुसार नेपाल १८७ देश बीच १४५ औं स्थानमा रहेको छ ।

काठमाडौंमा चिकित्सा सम्बन्धि गतिविधिमा सहयोग पुर्‍याईरहनु भएका ३४ वर्षीय जापानी डिफेन्श फोर्सका सेकेण्ड क्लास सर्जन्ट हिरोमी सातोले विपत्तिमा परेका नेपाली पनि, उस बखतका जापानी पीडित सरह अत्यन्त उज्वल अनुहार अभिव्यक्त गरेर व्यवहार गर्ने गर्दछन् । उल्टो आफु म नै बल प्राप्तीको आभाष गर्छु भन्नुहुन्छ । उहाँ पूर्वी जापानमा आएको महाभूकम्पमा पनि विपत्ति पश्चातबाट लगभग दुई महिनासम्म, पीडित व्यक्तिका लागी घुम्ति चिकित्सा सञ्चालन गरेको अनुभव रहेको व्यक्तित्व हुनुहन्छ ।

यसपालीको नेपाल महाभूकम्प बराबरको विपत्तिको कुरा गर्दा, सन् २००६ सालको जाभा भूमध्य टापूको भूकम्प पछि पनि लूटपाट र हिंसाका व्यवहार देखिने लगायत खबरहरू आएका थिए ।

तर, नेपाल अवस्थित जापानी संगठनका अध्यक्ष एवमं जाईका विशेषज्ञ, ५४ वर्षीय मिजुतासि यूतारोका अनुसार अहिले सुरक्षित रहन पाएको हर्ष एक अर्कामा बाड्नुनै महत्वपूर्ण हुन्छ भन्नुहुन्छ । दीर्घकालिन रूपमा भने, घरबार गुमाएका व्यक्ति या काम गुमाएका व्यक्तिलाई मध्दत गर्नुपर्ने आवश्यकता रहेको तर्फ ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ। ***

साभार : सान्केइ सिन्बुन
लेखक : आमानो केन्साकु
अनुवाद निर्देशन : जिज्ञानकुमार थापा
अनुवाद : सन्तोष अर्याल

तपाईको प्रतिक्रिया