Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरू देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएका छन्।बुधवार काठमाडौँमा अन्ताराष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताएका हुन्। उनले मुलुकमा युवाहरूले रोजगार प्राप्त नगरेसम्म र देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताए। उनले उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था रहेको बताए।

उनले धेरै उद्योग नेपालमा नबनेसम्म युवाहरू पलायन भइरहने बताए। उनले औद्योगिक क्षेत्रको विकास, रोजगारको पूर्ण सहभागिता हुने किसिमको विकास गर्न जरुरी रहेको बताए।

जबराले भने, ‘मुलुकमा युवाहरूले रोजगार प्राप्त नगरेसम्म, उनीहरू यहाँ बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास हुन सक्दैन। उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था छ। उद्योगको विकास गर्न नसक्दासम्म युवा शक्तिलाई हामीले मातृभूमिमै सेवा गर्ने अवसर दिन सक्दैनौँ।’ सांसद जबराले मजदुरले काम गर्ने वातावरण सिर्जना नगरेसम्म देशको विकास सम्भव नरहेको बताए।

तपाईको प्रतिक्रिया