Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका-४ खनालचोकमा रहेको सेतो माइक्रो पार्क नजिकै इनार खन्ने क्रममा बुधबार दुई पुरुषको मृत्यु भएको छ ।

सोही पार्क नजिकै दुई वर्षदेखि टहरो बनाई बस्दै आएका रामेछाप उमाकुण्ड गाउँपालिका-४ प्रिती घर भएका २८ वर्षीय सन्देश सुनुवार र उनका काका सोही स्थान बस्ने ४६ वर्षीय दिपक सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफूहरू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केको थियो । उनीहरु अचेत भएको खबर प्रहरीलाई आएपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट टोली पुगेको थियो ।

विपद् व्यवस्थापन महाशाखा काठमाडौँबाट २५ जना, जिल्ला परिसर भक्तपुरबाट ३० जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट ९ जनाको प्रहरी टोली र आरएनएका १६ जना उद्धारकर्मीको टोली खटिई उनीहरुको उद्धार गरिएको थियो । उद्धारपछि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया