सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

युएई-हालै नेपालमा गएको विनाशकारी महाभूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै लुम्बिनी वेल्फेयर सोसाइटी युएईले हालै एक श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
भूकम्पले गरेको क्षतिपछि अावश्यक राहत, उद्दार र पुनर्स्थापना कार्यमा यहाँ सक्रिय रहेको लुम्बिनी वेल्फेयर सोसाइटीमा अावद्ध रहेका सदस्यहरूको उपस्थितिमा उक्त श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।
विनाशकारी महाभूकम्पबाट ज्यान गुमाएका मृतकहरूप्रति श्रदान्जली स्वरूप दीप प्रजवलन गरिएको युएईबाट पत्रकार त्रिलोचन कोइरालाले जानकारी दिनुभयो । कार्यक्रममा युएई स्थित राजनैतिक दलका प्रतिनिधीहरु, समाजसेवीहरु, संघ संस्थाका प्रतिनिधीहरु लगायत बुद्दिजिबीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सोसाइटीका अध्यक्ष डिएल शर्माको सभापतित्वमा सम्पन्न सभामा सरकार, गैर सरकारी संघसंस्था र अन्य सरोकारवाला पक्षसंग यस संबेदनशील समयमा व्यक्ति समाज भन्दा माथि उठेर सहयोग गर्नुपर्ने धारणा सहभागिहरूले राखेका थिए । कार्यक्रम सोसाइटीका महासचिब नरेन्द्र गिरीले संचालन गरेका थिए ।***

sabhaa (1)

तपाईको प्रतिक्रिया