आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – सिधाकुरा अनलाइन तथा युट्युवलाई अडियो उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई हिरासतमा राखिएको छ । आइतबार सर्वोच्च अदालतले उनलाई बयानका लागि बोलाएको थियो । तर बयान नसकिएपछि हिरासतमा राख्न अदालतले प्रहरीको जिम्मा लगाएको हो ।

उनलाई हिरासतमा राखिएको छ। आज बयानका लागि पुनः उपस्थित गराइने छ । सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए । तिमल्सिनाले उक्त अडियो उपलब्ध गराएको बयान कँडेलले दिएका थिए । सोही बयानपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनालाई बयानका लागि बोलाएको थियो ।

सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई भने सोमबार उपस्थित हुनु भनेर तारिखमा छोड्न आदेश दिएको छ ।

तपाईको प्रतिक्रिया