आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ। मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ।

जारी आईपीएलमा मुम्बईको खराब प्रदर्शन रहेको छ। अहिलेसम्म ११ खेलमा ८ खेलमा हार बेहोरेको मुम्बईको केवल ६ अङ्क रहेको छ र अङ्क तालिकामा पुछारमा रहेको छ।

मुम्बई प्लेअफको दौडबाट बाहिरिइसकेको छ। त्यस्तै हैदरावादले १० खेलमा ६ जित र ४ हारसहित १२ अङ्क हासिल गरेको छ र अङ्क तालिकामा चौथो स्थानमा रहेको छ।

 

तपाईको प्रतिक्रिया