मंगलबार, जेठ १५, २०८१
Tuesday, May 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ –  नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो प्रतितोला एक लाख ३५ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ६४० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ६६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया