Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

काठमाडौं- निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् परियोजनाको सुरुङमा थुनिएका चार जनाको आज सकुशल उद्धार गरिएको छ ।
चारै जना दश दिनदेखि सुरुङमा थुनिएका थिए । उनीहरुलाई उद्धार गरी नुवाकोटको मनकामना गाविसको शान्तिबजार पु¥याइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक जीवन केसीले जानकारी दिनुभयो । सुरुङमा दुई शव ढुङ्गाले थिच्चिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । “शव निकाल्ने काम आज सकिएन” उहाँले भन्नुभयो ।
यसैगरी, रसुवागढीमा पहरामा परी बेपत्ता भएका मानिसको उद्धार आज पनि हुन सकेन । भिरबाट ढुङ्गा खस्ने क्रम नरोकिँदा उनीहरुको उद्धार हुन नसकेको हो । यहाँ चीनको केरुङबाट सामान ल्याएर आएका ११ कन्टेनर पुरिएका छन् । कन्टेरनर पुरिँदा त्यसमा सवार चालक र तिनका सहयोगीसमेत रहेको आशङ्का गरिएको छ ।
रसुवामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४३६ पुगेको छ । रासस

तपाईको प्रतिक्रिया