टोकियो – भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले हिजो टोकियोको दुई फरक फरक ठाउँमा गरेको सार्बजनिक अपिलबाट ८२ मान ६ हजार ५ सय ८९ येन जम्मा भएको बताईएको छ ।
टोकियो टावरमा संकलित रकम ३० मान ५ सय १७, सिन्जुकुको दक्षिणी ढोकामा २१ मान ५ सय ३० र कास्की पोखरा समाजको पहलमा सिन्जुकुमै संकलित ३१ मान ५ हजार २ सय ६४ गरी कुल ८२ मान ६ हजार ५ सय ८९ येन संकलन भएको सहयोग समितिका आर्थिक उपसंयोजक दीपक थापाले बताउनुभयो ।
सहयोग समितिका स्वयम सेवक नेपालीहरुले नेपालको बिपत्तिमा सहयोग गर्न सार्बजनिकरुपमा जापानी समुदायमा गरेको अपिलबाट सो रकम संकलन भएको हो ।
सहयोग समिति अन्तर्गतको स्वयम सेवक परिचालन उपसमितिको पहलमा सो राहत संकलन कार्य हुँदै आईरहेको हो । यसरी गरिएको सार्बजनिक अपिलबाट हाल सम्म करिव ४ सय ३० मान भन्दा बढि रकम संकलन भएको बताईएको छ । ***