ताइपेइ-नेपालमा गएको महाभूकम्पमा परी मृत्यु हुनेहरूको अत्माको चीर शान्तिको कामना सहित ताइवानमा बस्ने नेपालीहरूले दीप प्रज्वलन गरेका छन् ।
ताइवानको राजधानी ताइपेइको चि याङ काइसेक मेमोरियल हलमा जम्मा भएर नेपालीहरूले भूकम्पमा ज्यान गुमाएकाहरू र विपतमा परेको अफ्नो देशको स्मरण गरेका हुन् । कार्यक्रममा ताइवानमा बस्ने नेपाली वाैद्ध भिक्षुहरूले वुद्ध परम्परा अनुसार मन्त्रोच्चारण गरी दीवाङगत अत्माहरूको चीर शान्तिको कामना गरेका थिए । ताइवानमा बसोवास गर्ने नेपालीहरूको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाइ स्थानीय टेलिभिजन च्यानलहरूले पनि विशेष महत्वका साथ रिपोर्टिग गरेका थिए ।***