Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

बिशेष सम्पादकीय

हामीबिच नेपाली वर्ष २०७० ले बिदा लिइसकेको छ । वर्षभरिका तीतामीठा अनुभव र उपलब्धीको समीक्षा गर्ने बेला आएको छ । गएको वर्षमा नेपाली जनताले दोस्रो संबिधान सभाको निर्वाचन सम्पन्न गरेका छन् । भलै यो संबिधान सभाले संबिधान निर्माण गर्ला या नगर्ला त्यो भने हेर्न बाँकी नै छ । नेपाली जनताको तिब्र आकांक्षा बनेको देशको मुल कानुन संबिधान समयमै बन्न नसक्दा बिकास निर्माण तथा आर्थिक क्रान्तिका पाटो ओझेलमा परेका छन् । संबिधान निर्माण देशका जिम्मेवार राजनैतिक दलहरुको प्राथमिकतामा नपर्दा एक वर्ष भित्रै संबिधान बन्ने अझै ठोस आधारहरु देखापरेका छैनन् ।

संबिधान नाम गरेको एक थान दस्तावेजका लागि मुलुकले ठूलो मूल्य चुकाईसकेको छ । अनपेक्षित समय लगानी भएको छ । यो कुरा दलहरुले बुझ्न जरुरी छ । जनताका प्रतिनिधिहरुले बुझ्न जरुरी छ । समयमै संबिधान निर्माण गरी मुलुकलाई तिब्र बिकासतर्फ लैजान धेरै ढिला भईसकेको छ ।

२०४६ सालको परिवर्तनपछि लोकतन्त्र र गणतन्त्र अनि संबिधानको नाममा सिंगो दुई दशक भन्दा बढि समयसम्म मुलुक अन्यौलताको भुमरीमा रुमल्लिईरह्यो ।अझै पनि मुलुकले सहि दिशा लिन नसकेको स्थितिमा नेपाल उभिएको छ ।

ठिक यतिनै बेला सबै नेपालीको घरघरमा नेपाली नयाँ वर्षले प्रवेश पाईसकेको छ । पुरानो वर्षको बिदाई गर्दै नयाँ वर्षको स्वागत गर्ने यो क्षणमा वर्षभरि भए-गरेका राम्रा-नराम्रा कामबाट पाठ सिक्दै आउँदो वर्ष थप सार्थक र उपलब्धिमुलक बनाउन सकौं, हामी नेपालीका लागि नयाँ वर्ष २०७१ प्रगति र उन्नतीको ऐतिहासिक वर्ष साबित हुन सकोस्, नेपाली नयाँ वर्ष २०७१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने हाम्रा पाठक, शुभचिन्तक, लेखक, सहयोगी एवं विज्ञानदाताहरु सबैमा  हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छौ । ***

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया