Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ०४, २०८१
Friday, July 19, 2024

गाउँघरमा तन्नेरी भेटिन छोडे ।अड्कोफड्को र जन्ती, मलामी गर्नुपर्दा गाउँघरमा अहिले सकस छ ।बूढेसकालको सहारा भनेर सन्तान सुखको कल्पना गर्नु अब कल्पनामै सीमित हुने अवस्था छ । बूढ्यौली लागेका बाबुआआमाहरु अहिले लठ्ठीको सहारामा पिढींको डिलमा बसेर परदेशिएको आफ्ना सन्तानको पर्खाईमा छन् तर सन्तान कहिले फर्कने हुन् केहि ठेगान छैन । यो औसत नेपालीहरुको अहिलेको हालत हो । अब यसभन्दा पछाडिको त झनै कल्पनै गर्न सकिदैन ।

आजको तन्नेरीपुस्ता सुबिधाभोगी त छँदै छ उसमा केहि गरौं भन्ने हुटहुटी पनि छ, त्यसकारण उसमा महत्वाकाँक्षा बढि र जोखिम मोल्ने क्षमता कम छ । बिरानिएका गाउँघरप्रति तन्नेरीपुस्ताको खासै लगाव छैन । कारण अनेक छन्, गाउँमा बनेका पुल पुलेसा, बाटोघाटो, पानी धारा पधेरा, नहर, कुलो र स्कुल निर्माणमा उनीहरुको श्रम र पसिना मिसिएको छैन । कतिपय गाउँघरहरुमा त उनीहरु नजन्मिदैं सबै बनिबनाउ थिए । जीवनको एउटा कालखण्डमा अभाव झेल्न परेन भने मानिसले दुख बुझ्दैन । दुख नबुझेको मान्छेले गाउँघरको महत्व बुझ्दैन । अल्लि बुझ्ने भएपछि सारा युवाको ध्यान विदेश केन्द्रीत भईदिंदा गाउँघर युवाबिहिन हुने अवस्थामा पुगेको हो । यसमा हाम्रो समाज पनि दोषी छ । विदेश जाने प्रयोजन हो भने जतिसुकै लगानी जुटाउन पनि तयार हुने हाम्रो समाजले विदेशलाई नै सर्बोपरि ठान्दै आएको छ । त्यहि समाज हो जसले गाउँमै सानो, तिनो उद्योग धन्दा तथा ब्यापार ब्यवसाय गर्नका लागि पटक्कै प्रेरित गर्दैन । बरु विदेश जान नसकेका युवाहरुलाई उपेक्षाको नजरले हेर्ने गरिन्छ । यसो हुँदा गाउँघरमा युवा अडिन नसक्ने वातावरणमा आमुल परिवर्तन ल्याउन ठूलै हलचल र आर्थिक क्रान्तिको आवश्यकता छ ।

हाम्रा गाउँघर युवाबिहिन हुँदै गएको एउटा समस्या हो भने गाउँघरमा बाँकी रहेका बूढाबूढी, बालबच्चा, अशक्त बिरामीहरु उत्पादनसंग जोडिएका छैनन् । त्यसकारण उनीहरुले परनिर्भर जीवन गुजारा गर्दै आईरहेका छन् । यथास्थितिमा गाउँघर दशकौंदेखि गुल्जार छ । राज्य र प्रवुद्ध वर्गले बेलैमा सोचे हुने हो । एउटा दीर्घकालिन गुरुयोजना अपेक्षित छ । जसले गाउँघरमै तन्नेरीपुस्ता खुशीले अडिन सकून् र हाम्रा डाडाँमाथिका घामजूनजस्ता ज्येष्ठ नागरिकहरुको मलिन अनुहारमा चमक ल्याउन सकियोस् ।

सकेसम्म विदेश नभए सहर च्याप्ने युवापुस्ताले गाउँघर टेक्न चाहदैन । बूढ्यौली पुस्ताले फेरि गाउँघर छोड्न मान्दैनन् । जसले गर्दा बूढेसकालमा आफ्ना सन्तानसंगै हुन नपाएकोमा सिनियर पुस्ताको ठूलो दुखेसो छ । बूढ्यौलीका दिन काटिरहनुभएका हाम्रा सम्मानित ज्येष्ठ नागरिकहरुको मनोविज्ञानलाई बुझिदिनुपर्दछ । सँधैभरि संगै रहन नसकेता पनि भेटघाटलाई बाक्लो बनाउनुपर्दछ । समय भन्ने यस्तो चिज हो, जुन फर्केर आउँदैन र किनेर पनि पाईदैंन । त्यसैले समय हुनेले समय नहुनेलाई दिने चीज हो त्यो पनि समयमै । घर्किईसकेपछिको समयको कुनै अर्थ छैन ।
नेपालीहरुमा अचाक्ली बढ्दो बिदेश मोहलाई कम गर्न बिदेशबाटै पनि सानोतिनो अभियान छेड्नुपर्ने देखिन्छ । यसको राँको भने अहिलेसम्म कुनै पनि देशबाट बल्न सकेको छैन । देशभित्रबाट दिगो योजना सहितको अनुकुल वातावरण निर्माण गरेर र देशबाहिरबाट घनिभूत बहस, छलफल र सचेतना अभियान मार्फत युवाहरुलाई देश फर्काउन सकिने आधार प्रशस्त छन् । त्यसका लागि अधिकाँश युवाहरुमा निहित निराशालाई चिर्न सक्नुपर्दछ । अध्याँरोमा रुमल्लिएको एउटा अल्लारे युवाले अगाडि आशाको एउटा भरपर्दो झिल्को देख्न सकेन भने उ स्वदेशमा रम्न सक्दैन । उसको आशा जगाउने काम राज्यले गर्नुपर्दछ ।

युवा त बाहिरिएकै थिए, युवासंगै यो वा त्यो बहानामा नेपाली पूँजी पनि बाहिरिदों छ । शिक्षा होस् रोजगारी, ब्यापार होस वा अन्य प्रयोजनका लागि बाहिरिईरहेको नेपाली पूँजीको परिमाण निकै ठूलो छ । यसलाई बेलैमा रोक्न सकिएन भने यसले बिकराल समस्या ल्याउने देखिन्छ ।भनिन्छ, युवाहरुको सँख्या सबैभन्दा धेरै भएको बेला देशको बिकास गर्न सजिलो हुन्छ । नेपाल अहिले त्यो स्टेजमा छ । त्यसकारण राज्यका नीति निर्माताहरुको बेलैमा यतातिर ध्यान जानु आवश्यक छ ।***

तपाईको प्रतिक्रिया