Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । फाकफोकथुम गाउँपालिका-१ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत प्राप्त गरेका छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत प्राप्त गरेका छन् । सुहाङले कांग्रेसका खड्कासँगको मतान्तर घटाउँदै लगेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले दुई सय नौ मत प्राप्त गरेका छन् ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया