Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँको शंखमुलमा भएको आगलागीका कारण लाखौँको क्षति भएको छ । शंखमुलको दोभान पुल नजिकै भएको आगलागीका कारण पाँचवटा पसल जलेर नष्ट भएको छ भने एक घरमा समेत आंशिक क्षति पुगेको छ ।

आगलागीका कारण मोटरसाइकल ग्योरज, पान पसल, फलफूल तथा तरकारी पसल र एउटा गाडी ग्यारेजमा क्षति पुगेको प्रहरीले जनाएको छ । ललितपुर महानगर र काठमाडौँ महानगरको दमकलका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको मद्दतले आगलागी नियन्त्रणमा लिएको छ ।

आगलागीको कारण र पूर्ण क्षतिको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया