सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

चितवन – एनआरएन जापानका केन्द्रीय सदस्य दीपकवावु नेपाल र उहाँकी धर्मपत्नी लक्ष्मी नेपालले रक्षा नेपाललाई १५ हजार १ सय ५ रुपैंया सहयोग गर्नुभएको छ ।

नेपाल दम्पतीले काठमाडौस्थित रक्षा नेपालको कार्यालय लैनचौर पुगी त्यहां रहेका असहाय वालवालिकाहरुका लागि उक्त रकम सहयोग गर्नुभएको हो । माघे संक्रान्तिको अवसर पारेर सहयोग रकम संस्थाकी अध्यक्ष मेनुका थापालाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँहरुले वालवालिकाहरु संगै बसेर माघे संक्रान्ति पनि मनाउनु भएको थियो । सहयोगका लागि पुग्नुभएका उहाँहरुलाई वालवालिकाहरुले गीत गाएर स्वागत गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्दै नेपालले असहाय वालवालिकाहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उनीहरुलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने भन्दै उहाँले आर्थिक अवस्था कमजोर भएर अध्ययनबाट बञ्चित वालवालिकाहरुलाई सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । केहि महिना अघि जापानमा रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले संस्थामा रहेका वालवालिका बारेको भिडियो देखाएपछि केन्द्रीय सदस्य नेपालले नेपालमै आएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

 चितवन स्थाई घर भएका एनआरएन जापानका केन्द्रिय सदस्य दीपकवावु नेपालले चितवनमै रहेको गामबेसीको चेपाङ् संरक्षण केन्द्रमा रहेका चेपाङ् वालवालिकाहरुलाई पनि ३ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । विभिन्न कारणले पीडामा रहेका व्यक्तिहरुलाई सक्दो सहयोग गर्ने भन्दै उहाँले उनीहरुका लागि जापान पुगेपछि आर्थिक संकलन पनि गर्ने बताउनुभयो । ***

IMG_7512 IMG_7554 IMG_7523 IMG_7604 IMG_7597 IMG_7579 IMG_7562 IMG_7491 IMG_7476 IMG_7470 IMG_7554 IMG_7532

तपाईको प्रतिक्रिया