सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानमा अघिलो वर्षदेखि खुलेको एभरेष्ट इन्टरनेसनल स्कुलले शनिवार एक समारोहकाबिच विविध साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेको छ ।

एक शैक्षिक कोष स्थापनार्थ सहयोग संकलन गर्ने उद्देश्यले एभरेष्ट इन्टरनेसनल स्कुलले नयां वर्षको अवसर पारेर उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा स-साना बिद्यार्थीहरुले नेपाली सँस्कृति झल्काउने खालका गीत, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए । शिक्षक-शिक्षिका तथा बिद्यार्थीहरुको सामुहिक राष्ट्रियगानबाट कार्यक्रमको सुरु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले पानसमा बत्ति बालेर उदघाटन गर्नुभएको थियो ।

लगत्तै सञ्चालक समितिका सदस्यसमेत रहेका कार्यक्रम संयोजक यमलाल ढकाल (राजु) ले एभरेष्ट स्कुलमा अध्ययनरत बिद्यार्थीहरुका लागि आवश्यक छात्रबृत्तिको ब्यवस्था गर्न र नेपालमा पनि शिक्षा क्षेत्रमा संभावित परोपकारी कार्यहरु गर्न एक ‘शैक्षिक कोष’ निर्माण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी गराउँदै मन्तब्यमार्फत उपस्थित सबैको हार्दिक स्वागत गर्नुभएको थियो ।

एभरेष्ट स्कुलका बिद्यार्थीहरुले बिश्वचर्चित कोरियनगीत गामनाम स्टायलदेखि अंग्रेजी गीत सम्म र राष्ट्रिय भावना जगाउने राष्ट्रगानदेखि लोकभाकाहरुमा नृत्य गरेर दर्शकहरुको मन जित्न सफल भएका थिए । साँगीतिक प्रस्तुतीका साथै उनीहरुले आफुमा भएको अन्य प्रतिभाहरु पनि प्रस्तुत गरेका थिए । अंग्रेजी, नेपाली र जापानी भाषामा वक्तृत्वकला, बिभिन्न जनावरको आवाजको क्यारीकेचर जस्ता प्रतिभा कार्यक्रममा प्रस्तुत गरिएका थिए ।

कार्यक्रमको सुरुमा कक्षा ३ का प्रिंका खत्री र कक्षा २ का सुमेरा थापाले स्वागत नृत्यमार्फत उपस्थित दर्शकहरुको साँगीतिक अभिबादनसहित स्वागत गरेका थिए भने कोरियन संगीत गामनाम स्टायलमा यल्सन काप्री, संसार अधिकारी, सुमिद शर्मा र रेजिनस थापाको नृत्यले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो । यसैगरी कार्यक्रममा कक्षा ३ का सरिश कँडेल र अतिथि कलाकार पवन ढकालले प्रस्तुत गरेको छुट्टाछुट्टै एकल नृत्यलाई पनि दर्शकहरुले निकै मन पराएका थिए ।

यसका साथै कार्यक्रममा कक्षा १ का साकुरा उपाध्याय र कक्षा ३ का गौरव ज्ञवालीले अंग्रेजी भाषामा आफ़्ना अनुभव धाराप्रवाह बोलेर आ-आफ़्ना बिशेष प्रतिभा अर्थात वक्तृत्वकला देखाएका थिए भने पुजन खत्रीले अंग्रेजी गीत गाएर सुनाउनुका साथै बिभिन्न जनावरका आवाज निकालेर सबैलाई आश्चर्यचकित तुल्याएका थिए ।

कार्यक्रममा अतिथि कलाकारहरु रामकृष्णबम मल्ल, अम्मर गुरुङ, दिलिप खत्री र अनुपमा पौडेलको पनि साँगीतिक प्रस्तुती रहेको थियो ।

कार्यक्रमको अन्ततिर शिक्षिका तथा अभिभावकहरुको सामुहिक मारुनी नृत्य कार्यक्रमको अर्को आकर्षण बन्न पुगेको थियो । जसमा कमला काप्री, चन्द्रकला थापा, निरु उपाध्याय, ललिता विष्ट, सिर्जना पाण्डे, रोशु श्रेष्ठ रेग्मी, सुजाता श्रेष्ठ र सगुन थापा मारुनी बनेर नृत्य गरेका थिए ।

यसैगरी कार्यक्रममा अर्को आकर्षणकोरुपमा जापानी महिला यमीले जादु देखाएकी थिईन् ।

कार्यक्रमको बिचमा अभिभावकको तर्फबाट आफ़्नो मन्तब्य राख्दै ज्ञानु ज्ञवालीले एभरेष्ट इन्टरनेसनल स्कुलमा अध्ययन गर्दै गरेको आफ़्नो बच्चाले धेरै राम्रो प्रगति गर्दै आईरहेकोले आफु अत्यन्त सन्तुष्ट रहेको बताउनुभएको थियो । यस अघि प्रिन्सिपल प्रदिप थापाले स्कुलको हालसम्मको प्रगतीप्रतिबेदन र पछिल्ला गतिबिधिबारे संक्षिप्तमा प्रकाश पार्नुभएको थियो । यसैगरी एनआरएन जापानका उपाध्यक्ष सुदन थापाले पनि स्कुलको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।  प्रमुख अतिथि राजदूत डा. भट्टराईले जापानमा नेपाली बालबालिकाहरुका लागि स्कुलको स्थापना हुनु आफैमा गौरवको कुरा भएको बताउँदै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

कार्यक्रमको अन्तमा, समारोहका सभापतिको आसनबाट एभरेष्ट इन्टरनेसनल स्कुलका सञ्चालक समितिका अध्यक्ष डा. भूपालमान श्रेष्ठले एभरेष्ट स्कुलमा अध्ययनरत बिद्यार्थीका लागि आवश्यक छात्रबृत्तिको ब्यवस्था गर्न र नेपालमा पनि शिक्षाको क्षेत्रमा संभावित परोपकारी कार्यहरुमा सहयोग गर्न एक शैक्षिक कोष खडा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रमलाई सफल पार्न आर्थिकरुपले र अन्य बिभिन्न ढंगले सहयोग गर्ने सम्बन्धित सबैप्रति हार्दिक धन्यबाद ज्ञापन गर्नुभयो ।
एभरेष्ट कल्चरल प्रोग्रामको शिक्षक राजकुमार पौड्याल, शिक्षिका रनिशा पौड्याल र सहयोगी संगीता अधिकारीले नेपाली, अंग्रेजी र जापानी भाषामा सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, बिद्यार्थी, अभिभावक, प्रमोटर, सञ्चालक समिति, ब्यवसायीलगायत बिभिन्न क्षेत्रका नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । शैक्षिक कोष स्थापनार्थ आयोजित उक्त कार्यक्रममा बिभिन्न ब्यवसायीहरुले स्वेच्छिक आर्थिक सहयोग पनि प्रदान गरेका थिए ।

दर्जनौ स-साना बिद्यार्थीहरुको बालप्रतिभा, शिक्षक-शिक्षिकाहरुको कडा मिहिनेत, अतिथि कलाकर्मीहरुको सदाशयता, सिंगो सञ्चालक समितिको आयोजनामा एभरेष्ट स्कुलले पहिलोचोटी पस्केको साँस्कृतिक कोसेली केहि प्राविधिक कमीकमजोरीका बाबजुद समग्रमा सफलताका साथ सम्पन्न भएको छ । कलिला बिद्यार्थीहरुमा लुकेर रहेको साँगीतिक प्रतिभालाई उजागर गर्ने सन्दर्भमा पहिलो प्रयासमै एभरेष्ट स्कुलले सफलता हात पारेको छ । कमीकमजोरीबाट पाठ सिक्दै दोश्रो पाईला अझ राम्रो ठाउँमा टेक्न अभिभावकहरुले सुझाव दिएका छन् ।****

Schhol 1 School 2

IMG_9604 IMG_9608 IMG_9609 IMG_9612 IMG_9615 IMG_9620
IMG_9616 IMG_9640 IMG_9644 IMG_9651 IMG_9658 IMG_9664 IMG_9668 IMG_9673 IMG_9680 IMG_9701
IMG_9624 IMG_9707 IMG_9711 IMG_9715 IMG_9722 IMG_9742 IMG_9759 IMG_9767

 

तपाईको प्रतिक्रिया