सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो–हरेक बर्ष झै नेपाल् तमाङ समाजको आयोजनामा तामाङ् जातिको माहान चाड सोनाम ल्होछार यही फाल्गुन ११ तारिख गोतन्दास्थित माया नेपाली रेस्टुरेन्टमा सांगीतिक कार्यक्रम सहित रत्रिभोजका साथ सम्पन्न भएको छ । समाजका अध्यक्ष सुकूमान तमाङ, होक्काइदोबाट आउनुभएका अन्तराष्ट्रिय आदिवादी सज्जालका महा-सचिब सिमाजाकी नाओमी तथा नेपाली सङ्गीत विधालयका युको ओकामोतो मल्लले संयुक्त रुपमा शन्तिका दुत बुद्दको मुर्तिमा पूजा गरी समुद्घाटन गर्नु भयो।
प्रमुख अथितीको आसनबाट बोल्नु हुँदै सिमाजाकी नावोमीले जापानमा पनि अदिवासी जनजाती भएको कुरा शायद नेपालीहरूलाई थाहा नहुन सक्ला तर जापानमा पनि अरु देशमा झै आदिवासीहरूको पहिचान हुँदा हुदै अन्य जात जातिले थिचो मिचोमा पारेर राखिएकोले संघर्ष गरिरहेको बताउनु भयो। उहाँले समय समयमा नेपालबाट आदिवासीका कलाकार, विद्वानहरूलाई जापान निमन्त्रणा गरी दुइ देशको आदिवासी विचमा संस्कृति आदान प्रदान पनि गरिरहेको बताउनु भयो। अर्को आथिती गैर अवासीय नेपाली संघ जापानका अध्यक्ष तथा नेपाल आदिवासी जनजाती महासंघ जापानका संस्थापक अध्यक्ष ओम गुरुङले आदिवासीको समस्या नेपालमा मात्र नभइ विकसित मुलुकहरू जापान, अस्ट्रेलिया लगायतमा पनि अझै रहिरहेको बताउनु भयो । तसर्थको चाडपर्ब, भाषा, रितीरिवाजको जगेर्ना गर्न आफूहरू नै लागि पर्नु पर्ने अवस्था भएको र अन्तरास्ट्रिय रुपमा पनि एकताको खाचो भएकोले जापानको आइनु आदिवासीसग हातेमालो गरी जाने कुरा ब्यक्त गर्नु भयो ।
समाजका संस्थापक अध्यक्ष रेख ब्लोन तमाङले टोस्ट प्रस्ताव राखी शुरु भएको ल्होछार साँझ सदस्य कबीराज लामाले आफ्नो जापान बसाइको अनुभब प्रस्तुत गर्दै स्वागत मन्तब्य राख्नु भएको थियो । नेपाल अदिवासी जनजाती महासंघका भिम गुरुङ, थकाली सेवा समिती जापानका अध्यक्ष शरदकुमार गौचन, मगर संघ टोक्योका अध्यक्ष शैलेन्द्र थापा मगर, तमु धी टोक्योका अध्यक्ष हर्क तमु, नेवा अन्तराष्ट्रिय फोरम जापान तथा हातेमालो समाज जापानका दिपरत्न शाक्य, नेपाल जापान युथ क्लबका अध्यक्ष टाशी लामा उपस्थित हनुभएको थियो । कार्यक्रममा समाजका माहा-सचिब हवल चन्द्र लामाले नेपाली र जापानी दुबै भाषामा संचालन गर्नु भएको थियो ।
कार्यक्रममा नागोया देखि आउनुभएका गायक कर्म दोङले आफ्नै एल्बमको सेलो गीत, सम्झना लामा र टाशी लामाले तामाङ् नृत्य, शितल योन्जन, बिमल लामा, राजेश लामाले गीत गाउनु भएको थियो भने तमाङ पोशाक र टोपीमामा सजिएका तामाङ् लगाएत अन्य सहभागी हरूले धित मर्ने गरी नाचेका थिए।
अन्तमा नेपाल तामाङ समाज जापानले बनाएको ल्होछार बिशेष परिकार खाप्से र बुद्धको प्रसाद दर्शकहरूले मिठो मानेर खाएका थिए।
स्मरण रहोस् नेपाल् लगाएत बिभिन्न मुलुकमा हाल ल्होछार भब्य रुपमा मनाउन थलिएको छ र नेपाल् सरकारले ल्होसारलाइ राष्ट्रिय पर्वको रूपमा घोषणा पनि गरिसकेको छ।

तपाईको प्रतिक्रिया