Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – नेपालमा उत्पादित कफी संसारको बिभिन्न मुलुकहरुमा निर्यात भईरहेको सन्दर्भमा अब जापानमा पनि ब्यवसायिकरुपमा आयात गर्न थालिएको छ । नेपालको स्याङ्जा जिल्लामा उत्पादन गरिएको अर्गानिक (जैबिक) कफी जापानस्थित शान्ति-शान्ति नामक कम्पनीद्वारा आयात गर्न थालिएको कुरा सो कम्पनीका प्रोप्राइटर रिध्देन्द्र गिरीले जानकारी दिनुभएको छ ।

जापानी कफी बिशेषज्ञको प्रत्यक्ष संलग्नतामा बिउको उत्पादन गर्नेदेखि लिएर त्यहाँ प्रयोग गरिने मलहरु सबै जैबिकरुपमै तयार गरी उत्पादन गरिएको उक्त कफीको नाम Farmer’s Passion अर्थात “कृषकको उत्साह” भन्ने रहेको छ । कुनै पनि खालका रासायनिक मल तथा औषधी प्रयोग नभएको, जापानी कफी बिशेषज्ञको प्रत्यक्ष संलग्नतामा उत्पादित, बातावरण मैत्री, तथा फेयर ट्रेड प्रणाली अन्तर्गत बिक्रि-बितरण गरिने यस उत्पादनका बिशेषताहरु रहेका छन् ।

जापानमा हालसम्म नेपाली कफी उपहारकोरुपमा तथा भोलेन्टियरहरुले लिएर आउने गरेतापनि ब्यवसायिकरुपमा भित्रिन थालेको भने यो पहिलो पटक भएको आयातकर्ता श्री श्रेष्ठले जानकारी दिनुभएको छ । आफ्नै देशको माटोमा उत्पादित नेपाली कफीको उपभोग गरी राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा पुरयाउन श्री गिरीले जापानबासी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्नुभएको छ ।

“हामीले हरेक दिन उपभोग गर्ने कफी आफ्नै देशमा उत्पादित रोज्यौं भने स्वदेशी उत्पादनले बजार पाउँछ, नेपाली कृषकहरु प्रोत्साहित हुन्छन् र स्वदेशमा पुँजी भित्रिन्छ जसले गर्दा देशको अर्थतन्त्रमा सघाउ पुग्न जान्छ” आयात कम्पनीका प्रबन्ध निर्देशक हरि श्रेष्ठले भन्नुभयो – “त्यसैले जापानी बजारमा नेपाली कफीलाई प्रबर्धन गर्न हामी नेपालीबाटै शुरु गर्नु आवश्यक छ ।”

उहाँले उक्त कफी जापानको सबै भागहरुमा पठाउन सकिने जानकारी गराउँदै थप जानकारीका लागि ०५-३१३४-३०१४ (जापानी भाषा) र ०९०-९१७१-७२१६ (नेपाली भाषा) मा सम्पर्क गर्न सकिने बताउनुभएकोछ । ***

ब्यवसायिकरुपमा जापानमा नेपालको अर्गानिक कफी नै किन ? भन्ने बारेमा संचालकहरु भन्छन् – “हामीले पोखरा नामको कम्पनी मार्फत पोखरा नामकै ४ वटा रेष्टुरेन्ट चलाउँदै आएका थियौं । शुरुमा हामीले यी रेष्टुरेन्टमार्फत जापानीहरुलाई नेपालको अर्गानिक कफीको बारेमा प्रचारप्रसार तथा बिक्रि बितरण गर्न शुरु गर्यौं । जापानीहरुबाट राम्रो रेस्पोन्स आएपछि नेपालको कफीले जापानमा बजार पाउन सक्ने देखिएपछि हामीले फेरि अर्को कम्पनी स्थापना गरी सम्बन्धित बिशेषज्ञहरुको प्रत्यक्ष संलग्नतामा नेपालमा अर्गानिक कफी आफ़ै उत्पादन गरी जापानमा आयात गरी बिक्रिबितरण गर्न शुरु गरेका हौं । अहिले नेपालको कफीले बिस्तारै जापानी ग्राहकहरुलाई आकर्षित गरिरहेको छ । अर्गानिक भएकोले यो अहिले जापानीहरुको रोजाई बन्ने गरेको छ । स्वदेशी उत्पादनले जापानमा बजार पाउनु भनेको हामी सबै नेपालीहरुका लागि गौरवको कुरा हो।”

तपाईको प्रतिक्रिया