काठमाडौं – थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नआउन आग्रह गरेको छ । आकर्षक तलबको प्रलोभन देखाई ठूलो संख्यामा नेपालीलाई ती देशमा लगेर मानव तस्करले अप्ठ्यारोमा पारेपछि दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
‘नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो धेरै पैसा कमाउने हेतु कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
दूतावासले म्यानमारको मेवाडीबाट उद्धार गरी ल्याइएकी एक नेपाली महिलालाई मंगलबारै नेपाल फर्काएको छ । म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपालीमध्ये चार पुरुषलाई यही डिसेम्बर १७ मा नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
प्रकाशित मिति: मंगलबार, पौष ०९, २०८१
प्रकाशित समय: २३:४४:००