Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – ललितपुरको च्यासलस्थित हिमालय कलेजका बीई तेस्रो सेमेष्टर पुरा गरेका विद्यार्थी नयन गुरुङ सोमबार साँझ साथीहरूसँग खुसीयाली मनाउन कलेज नजिकैको ‘टाउन हब’ क्याफेमा पुगे । सुनसरी घर भई सातदोबाटोमा बस्दै आएका २३ वर्षीय नयनले क्याफेमा बसेर सेमेष्टर सकिएको खुसी बाँडे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

करिब राति ९ बजेर २० मिनेटमा क्याफेबाट निस्कने क्रममा नयनले बिल तिर्न खोज्दा क्याफेको काउण्टरमा रहेका हेमराज भट्टले पुरानो उधारो रकम पनि माग गरे । नयनले आफूहरू लामो समयदेखि उक्त क्याफेमा ग्राहक रहेको र पहिलेको उधारो पछि तिर्ने बताएर नयाँ बिलको मात्र रकम तिरे ।

तर, केहीबेरपछि नयन साथीहरूसँग क्याफेमा पुनः फर्किए । त्यहीबेला नयन र क्याफे कर्मचारी भट्टबीच उधारो रकमको विषयलाई लिएर विवाद भयो । विवाद बढ्दै जाँदा डडेलधुराका २६ वर्षीय भट्टले नयनमाथि चक्कु प्रहार गरे । गम्भीर घाइते भएका नयनलाई तत्काल बिएण्डबी अस्पताल लगियो तर उपचारकै क्रममा उनको ज्यान गयो ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार घटनाको कारण पुरानो उधारोको विवाद देखिएको छ । नयन करिब साढे ३ वर्षदेखि उक्त क्याफेका नियमित ग्राहक थिए । उनका अनुसार नयनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । घटनामा संलग्न भट्टलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया