Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीलाई मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन्। यस अवसरमा दुवै पक्षले व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति लगायतका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनः सक्रिय बनाउन नेपाल अध्यक्ष मुलुकको नाताले सक्रियरूपमा काम गरिरहेको उल्लेख गरे। उनले सदस्य राष्ट्रहरूले यस प्रयासमा सहयोगी र रचनात्मक भूमिका निभाउनुपर्नेमा जोड दिए। साथै, नेपालले सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै सार्वभौम र स्वतन्त्र राष्ट्रका हिसाबले न्यायोचित राष्ट्रिय हितको संरक्षण गर्दै आएको उनले स्पष्ट पारे।

राजदूत हस्मीले पाकिस्तानमा आगामी सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको जानकारी गराउँदै नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताए।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया