सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
चितवन– उपचारका क्रममा मृत्यु भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको आइतबार अन्तिम संस्कार गरिँदैछ ।
पौडेलको चितवनको देवघाटमा हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिने उनका दाजु तारा पौडेलले जानकारी दिए । मृत्युअघि चितवनमा श्रद्धान्जली सभा गर्ने कार्यक्रम छ ।
एमाले युवा नेता सञ्जय लामाको हत्या आरोपमा हिरासतमा रहेका पौडेल सुतिरहेकाबेला कैदीहरुको आक्रमणमा गम्भीर घाइते भएका थिए । उनको उपचारकोक्रममा शनिबार बिहान निधन भएको हो ।
यसअघि सरकारले पौडेल प्रकरणका लागि न्यायिक आयोग गठन गर्दै, परिवारलाई १० लाख क्षतिपूर्ति र कांग्रेसलाई सोमबारको नेपाल बन्द फिर्ता लिन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया