शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पुर्याउन सक्छ । प्रेसर लो भएको महसुस हुनासाथ यसो गर्नुपर्छः
नुनपानी खाने
नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।
कफी
ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ । यदि सधै  प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन ।
किसमिस
प्रेसर लो भएमा किसमिस खानु पनि लाभदायक हुन्छ । प्रेसर लो भइरहन्छ भने राति केही किसमिस भिजाएर भोलिपल्ट बिहान भिजेको किसमिस र त्यसको पानी खाने गर्नुपर्छ।तुलसी
तुलसीमा भिटामिन–सी, पोटासियम, म्याग्नेसियमजस्ता तŒव पाइन्छन् । प्रेसर लो भएमा १०-१५ वटा तुलसीका पत्ता जुसमा हालेर त्यसमा एक चम्चा मह हाली पिउने गर्नुपर्छ।
कागती पानी
कागती पानीले उच्च र न्यून रक्तचाप दुवैमा लाभ गर्छ । प्रेसर लो भएमा कागती पानीमा अलिकति नुन र चिनी हालेर पिउनुपर्छ ।

तपाईको प्रतिक्रिया