शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले बर्नलेलाई ३-० ले पराजित गरेको हो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई भने हडर्सफिल्ड टाउनले २-१ ले पराजित गर्‍यो । जोजे मौरिन्होको प्रशिक्षणमा रहेको म्यान्चेस्टर युनाईटेडको जारी सिजनमा यो पहिलो हार हो ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले वाट्फोर्डलाई ४-२ ले हराँउदा न्युकासल युनाईटेडले क्रिष्टल प्यालेसलाई १-० ले पराजित गर्यो । लेष्टर सिटीले स्वान्सी सिटीलाई तथा बर्नमाउथले स्टोक सिटीलाई समान २-१ गोल अन्तरमा पराजित गर्दा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई १-० ले पराजित गरेको छ ।

प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज आर्सनलले एभर्टनसँग खेल्दा लिभरपुल र टोटनह्याम हट्सपर भिड्नेछन् ।

तपाईको प्रतिक्रिया