शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको छ । अमेरिकास्थित नेपाली संघसस्थाले आयोजना गरिएको अक्सनमा दीपेन्द्र सिंह ऐरीको जर्सी सबैभन्दा बढी मूल्यमा विक्री भएको हो ।

दीपेन्द्रको जर्सी क्रिस्टल कडेलले १ हजार ५० डलरको बोली लगाएका हुन् । टेक्सस राज्यको अर्भिङ् सहरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रममा नेपालको ग्रासरुट क्रिकेटको विकासका लागि गरिएको फण्ड रेजरमा करिब १५ लाख नेपाली रुपैयाँ संकलन भएको नेपाली समाज टेक्ससका खेल संयोजक निलेश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा ब्याट र जर्सीको अक्सन पनि गरिएको थियो ।

नेपाली क्रिकेट टोलीका खेलाडीले हस्ताक्षर गरेको ब्याट ४ सय ५० अमेरिकी डलर मा विक्री भएको छ । कप्तान रोहित पौडेलको जर्सी ५ सय डलरकोको बोली लागेको थियो ।

तपाईको प्रतिक्रिया