Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजसँगको टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले बिहीबार रोहित पौडेलको नेतृत्वमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द छन्।

नेपाल र वेस्ट इन्डिजबीचको प्रतियोगिता शनिबार शुरू हुनेछ। नेपालसँगको टी-२० प्रतियोगिताका लागि वेस्ट इन्डिजको टोली बुधबार नेपाल आइसकेको छ। नेपाल र वेस्ट इन्डिजबीच पाँच वटा खेल हुनेछ। सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको छ।

पहिलो खेल वैशाख १५ गते हुनेछ। त्यसपछि दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल वैशाख १९ मा, चौथो खेल वैशाख २० र पाँचौं खेल वैशाख २२ मा हुनेछ। सबै खेल दिउँसो १ बजेबाट शुरू हुनेछन्।

तपाईको प्रतिक्रिया