शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – सोसल मिडियामा केही दिनयता एउटा भिडियो निकै भाइरल बनेको छ । जसमा एकजना मानिसले हुक्का तान्दै बस चलाइरहेको देख्न सकिन्छ ।

यो भिडियो भारतको हो । उक्त बस हरियाणा राज्य सरकारले चलाएको सार्वजनिक बस हो । यात्रुले भरिभराउ उक्त बसका ड्राइभर पाको उमेरका छन् र उनले हुक्का तान्दै बस चलाइरहेका छन् ।

हुक्का तान्दै निस्फिक्रीसँग बस चलाइरहेका ड्राइभरको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि धेरैले तीव्र रुपमा प्रतिक्रिया जनाएका छन् । यो भिडियो भाइरल भएसँगै भारतको केन्द्रीय यातायात एजेन्सीले हरियाणा परिवहन निगमलाई यस विषयमा आवश्यक कार्वाहीका लागि पत्र लेखेको बताइएको छ ।

हरियाणा परिवहन निगमले ओम प्रकाश नामका ती चालकलाई जागिरबाट बर्खास्त गरी छानविन अगाडि बढाएको बताइएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया