शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–भिसा अवधी समाप्त भई अबैधानिक रुपमा ओभरस्टे बसेका बिदेशीलाई काम लगाएको आरोपमा प्रहरीले २ जापानी नागरिकलाई पक्राउ गरेको खबर जापानी संचार माध्यामहरुले प्रकाशित गरेका छन् । पक्राउ पर्नेमा कानागावा केनमा अवस्थित एक संस्थाका संचालक र चिबाकेनको एक कम्पनीका कर्मचारी रहेको बताईएको छ । उनीहरुले बिद्यार्थी भिसामा जापान आई ओभरस्टे बसेका र शरणार्थीमा निबेदन दिएका भियतनामी नागरिकहरुलाई अबैधानिक रुपमा सुपरमार्केटहरुमा काम लगाएको पाईएको छ ।

प्रहरीका अनुसार ति जापानीहरुले गत बर्षको अक्टोबरदेखि काम गर्ने अनुमति नभएका ५ जना भियतनामी पुरुष र महिलालाई आफैले काम गर्ने सुपरमार्केटमा काम लगाएका थिए । उनीहरुले अन्य भियतनामी नागरिक मार्फत चिनजान भएकाहरुलाई अबैधानिक रुपमा काम लगाएको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट थाहा लागेको समाचारमा उल्लेख छ । पक्राउ परेका जापानीहरुले अन्य भियतनामीहरुलाई पनि सुपरमार्केट लगायत विभिन्न स्थानमा काम लगाईदिएबापत करिब ३२ लाख येन आम्दानी गरिसकेको बुझिएको छ ।

पछिल्लो समयमा बिदेशीलाई काम लगाईदिने हाकेन कम्पनी तथा ब्यक्तिहरु जापानमा प्रशस्त निस्केको पाइन्छ । तर उनीहरुले एक ठाउँको भिसा लगाई अर्कोमा काम लगाउने, भिसा नभएकालाई पनि काम लगाउने जस्ता अबैधानिक काम गर्दा धेरै बिदेशीहरु समस्यामा पर्ने गरेका छन् ।
हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया