शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–जापानी राजकुमारी माकोको बिबाह सर्बसाधारण घरानाको ब्यक्तिसंग हुने भएको छ । सम्राट आकिहितोकी नातिनी र राजकुमार आकिसिनोकी २५ बर्षिया छोरी माकोको कानागावा प्रिफेक्चरका बासिन्दा केइ कोमुरोसंग हुने भएको हो ।

राजकुमारी माको र कोमुरो इन्टरनेशनल क्रिष्चियन युनिभर्सिटीका सहपाठी हुनुहुन्छ । माको र कोमुरोको बिचमा यहि जुनको मध्यतिर इन्गेजमेन्ट हुने र सन २०१८ भित्रमा बिबाह हुने कुरा श्रोतलाइ उदृत गर्दै जापानी संचारमाध्यामहरुले प्रकाशित गरेका छन् । राजकुमारी माकोसंग बिबाह गर्ने योजना बनाउनु भएका कोमुरो कानागावा प्रिफ़ेक्चरको फ़ुजिसावा सिटीको पर्यटन प्रबर्धनको लागि सामुद्रिक राजकुमारको रुपमा काम गर्नुभएको ब्यक्ति हुनुहुन्छ । उहां हाल टोकियोको एक ल फर्ममा कार्यरत हुनुहुन्छ भने हितोचुबासी युनिभर्सिटीमा स्नातकोत्तरमा अध्ययनरत हुनुहुन्छ । उता राजकुमारी माको भने टोकियो युनिभर्सिटीको संग्राहलय रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ । उहांहरु बिच गत ५ बर्षदेखि प्रेम सम्बन्ध रहेको बताईएको छ ।

राजकुमारी माको सम्राट आकिहितोका ४ नाति९नातिनी मध्ये सबैभन्दा जेठी हुनुहुन्छ । जापानी संबिधान अनुसार राजपरिवारका महिला सदस्यले सर्बसाधारणसंग बिबाह गरेमा राजपरिवारको सदस्यको हैसियत गुमाउने र राजदरवार छोड्नु पर्ने हुन्छ । जस अनुसार राजकुमारी माकोले पनि बिबाह पश्चात राजदरवार छोड्ने समाचारमा उल्लेख छ । हाल जापानी राजपरिवारका सदस्यहरुको संख्या १८ जना रहेको छ ।

तपाईको प्रतिक्रिया