शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – हरेक आमाबुवाको चाहना आफ्नो बच्चा राम्रो र गोरो जन्मियोस् भन्ने हुन्छ तर संसारमा यस्तो ठाउँ पनि छ जहाँ गोरो बच्चा जन्माउनु अपराधसरह मानिन्छ ।परम्पराको नाममा भारतमा यस्तो थुप्रै स्थानहरु छन् जहाँ अन्धविश्वासले जरो गाडेको छ । केन्द्र शासित प्रदेश अंडमानमा परम्पराको नाममा जारवा जनजातीका मानिसहरु आफ्नै बच्चालाई मार्ने गर्दछन् ।

हुन त यहाँ पनि बच्चा रोएको सुन्नेबित्तिकै उत्सव मनाइन्छ तर यदि बच्चाको रंग कालो नभएर थोरै पनि सफा भए उक्त बच्चालाई मारिन्छ । उक्त बच्चा अरु समूदायको जस्तो देखिने भएकाले यस्तो गरिने प्रचलन छ । पछिल्लो वर्ष नोभेम्बरमा एक बचचाको हत्यापछि प्रत्यक्षदर्शले यसबारे पुलिसलाई जानकारी दिए तर आफ्नो जातीको व्यक्तिमाथि कुनै कारवाही गर्न सकेनन् । तपाईंलाई सुन्दा अचम्म होला कि कालो बच्चा जन्माउनका लागि यहाँका मानिसहरु जनावरको रगत पिउँछन् । यहाँको मान्यता अनुसार यदि गर्भवती महिलालाई रगत पिलाइए बच्चाको रंग गहिरो हुन्छ र उनीहरु कालो जन्मन्छन् ।

सरकारी आँकडा अनुसार यो जनजातीको जनसंख्या करिब ४ सयको छ । यो जनजाती अंडमान आइल्याण्डको उत्तरी इलाकामा बस्छन् । जारवा जनजाती ५५ हजार वर्षदेखि यहाँ बसिरहेको मान्यता छ । सन् १९९० मा यो जनजाती पहिलो पटक बाहिरी दुनियाँको सम्पर्कमा आएको बताइएको छ । जारवा ट्राइब्स इलाकामा विदेशी वा बाहिरी मानिसहरुलाई निषेध गरिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया