शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि निःशुल्क जाँच तथा परामर्श शिविर हुने भएको छ ।

‘हाम्रो स्वास्थ्य हाम्रै हातमा’ भन्ने नाराका साथ नेपाली र जापानी चिकित्सकहरुको समूहले आउँदो फ्रेबुअरी २६ मा उक्त शिविरको आयोजना गरेका हुन् । आयोजकका अनुसार शिविर एभरेष्ट इन्टरनेशनल स्कूल, जापानमा बिहान १० देखि साझँ ५ बजेसम्म सञ्चालन हुनेछ ।

शिविरमा नेपाली तथा जापानी डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिने, नेपाली भाषामा कुरा गर्न सकिने, निःशुल्क छातिको एक्सरे, निःशुल्क रिफर पत्र उपलब्ध गराइने लगायतका सूविधा रहेका छन् ।

तपाईको प्रतिक्रिया