शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

एजेन्सी – भारतको सबैभन्दा ठुलो राज्य राजस्थानमा निकै अचम्मको घटना भएको छ । गहनाले पुरै ढाकिएको एक बिरालो फरार हुँदा परिवारका सदस्य चिन्तामा परेका छन् ।

बिरालोले गहना लगाएको सुन्दा तपाईँलाई अचम्म लाग्यो होला ? तर यस घटना पछाडि यस्तो कथा छ । इन्डिया लाइभ टुडेका अनुसार फूलारामकी श्रीमती र उनका छोरीछोरीहरु घरभित्र खेलिरहेका थिए । खेल्ने क्रममा उनीहरूले आफ्नो पाल्तु बिरालोलाई भएभरका गहना लगाइदिएर फोटोसेसन गर्ने सोच बनाए । cat

‘बिरालोलाई श्रृङ्गार गर्न भन्दै ती आमाले आफ्नो नेकलेस, नथ्थी र अरू गहना लगाइदिइन्, नाम नबताउने सर्तमा एक गाउँलेले भने । बिरालोलाई आफ्ना भएभरका गहनाले ढाकेपछि उनीहरू फोटो खिच्न तयार भए । एक दुईवटा फोटो पनि खिचियो तर सुनको गहनाले सजि–सजाउ बिरालो घरबाट फोटो सेसनको क्रममा एक्कासि भाग्यो ।

‘हामीलाई उक्त घटनाबारे थाहा भयो र बिरालोलाई खोज्नका लागि पुरै गाउँ उर्लिएको छ तर कतै पनि पाउन सकिएको छैन ।’ फूलारामले पुलिसलाई यसबारे जानकारी गराइसकेको बताइएको छ । गहनाको लोभले बिरालोलाई कसैले समातेर राखेको हुनुपर्ने पुलिसको अनुमान छ ।

तपाईको प्रतिक्रिया