शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – बुधबार बिहान टोकियो नाकानो अस्पतालमा निधन भएका म्याग्दी जिल्ला पुलाचौर गाबिस- ९ बगुवा घर भई रोजगारीका सिलसिलामा साढे दुई बर्ष अगाडि जापान आएका बालकुमार बानियाको भोलि आइतवार अपरान्ह ३ बजे अन्त्येष्टी गरिने भएको छ ।

हेपाटाईटिस “बि” रोगले ग्रस्त ४९ बर्षीय बानियाको उपचारकैक्रममा नाकानो अस्पतालमा बुधबार बिहान १०.३० बजे मृत्यू भएको हो ।

स्वर्गिय बालकुमार बानियाको भोलि आइतवार अपरान्ह ३ बजे सिन्जुकु नजिकै हातागयामा अन्तिम सँस्कार गरिने कुरा म्याग्देली सञ्जाल जापानका वरिष्ठ उपाध्यक्ष महेन्द्र बानियाले बताउनुभएको छ । उहांले सो अवसरमा शोकाकुल परिवारजनमा समबेदना र दिवंगत आत्माप्रति श्रध्दान्जली अर्पण गर्न उपस्थित भई दिन जापानमा रहुनुभएका समस्त जिल्लावासीहरु एवं ईच्छुक  नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्नुभएको छ।

अन्त्येष्टी गरिने ठाउंको जानकारी:
Yoyohata Saijyo
Shibuya-Ku, Ishihara 2-42-1
Tel; 03-3466-1006
Train Access;
Toe Shinjuku Line- Second Stop- Hatagaya Station- South Exit- 5 Minute Walk

 

तपाईको प्रतिक्रिया