शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – एनआरएन जापान तोकाइ होकुरिकु क्षेत्रीय कमिटीको आयोजनामा आगामी जनवरी ४ तारिखका दिन नागोयमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

उक्त कार्यक्रमको सम्पूर्ण तैयारी पूरा भईसकेको कुरा कार्यक्रम संयोजक बिष्णु घिमिरेले बताउनुभएको छ ।

जापानबाट प्रतिनिधित्व गर्दै गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको विभिन्न पदमा निर्वाचित हुनुभएका महानुभावहरुलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना प्रदान गर्ने उद्देश्यले उक्त “बधाई तथा शुभकामना” कार्यक्रमको आयोजना गरिएको कुरा पनि संयोजक घिमिरेले बताउनुभएको छ ।

सो अवसरमा नेपालबाट आमन्त्रित कलाकारद्वय हेमन्त शर्मा र मल्लिका कार्कीकासाथै चर्चित स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । “नयाँ वर्ष रमाइलो साँस्कृतिक साँझ २०१२” नाम दिईएको उक्त कार्यक्रमलाई सफल पार्न बिभिन्न उपसमितिहरु समेत गठन गरिएको छ भने उक्त कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनका लागि सो क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, व्यवसायी, विद्यार्थी, पत्रकार, बुद्धिजीवी तथा सर्बसाधारण सबैमा हार्दिक अनुरोध पनि गरिएको छ ।

कार्यक्रमलाई ब्यवस्थित, प्रभावकारी एवं भब्य सफल बनाउन प्रचारप्रसारमा सन्देश पोखरेल, शेरबहादुर केसी, सरोज कँडेल, हरि पोखरेल, कविकिरण न्यौपाने र पारसमणी पोखरेललाई जिम्मेवारी दिइएको छ भने स्वयम सेवक परिचालनका लागि सरोज कँडेल, सुमन पौडेल, विमल अधिकारी, विश्व पराजुली, अञ्जन खनाल, र विनोद खनाललाई जिम्मा दिइएको छ । यसै गरी अतिथि सत्कारमा डा. सुदिप अधिकारी, निमा लामा, मोहन खत्री, डिलाराम खरेल र सुनिता खनाललाई तोकिएको छ । स्थानीय कलाकारहरुको संयोजन गर्ने जिम्मा भने मनबहादुर थापा, नारायण कँडेल, राजविन थापा र विदुरले पाउनुभएको छ ।

यसैगरी कार्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गर्न कृष्ण भेटुवाल, सन्देश पोखरेल र पारसमणि पोखरेललाई तोकिएको छ भने अर्थ व्यवस्थापन गर्नका लागि गोविन्द श्रेष्ठ, हरि श्रेष्ठ, चिरञ्जिवी सिग्देल, केशर गिरी र निमा लामालाई जिम्मा लगाईएको छ । यसैगरी टिकट तथा व्यानर व्यवस्थापनमा विजयपसाद खनाल र अञ्जन खनाल रहनुभएको छ ।

आयोजक समितिका अनुसार कार्यक्रममा उपस्थित भईदिन सम्बन्धित सबैमा निमन्त्रणा पत्र पठाईसकिएको र कथमकदाचित पत्र नपुगेको भए यसैलाई निमन्त्रणा मानेर कार्यक्रममा उपस्थित भईदिन हार्दिक अनुरोध गरिएको छ । ***

तपाईको प्रतिक्रिया