Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको २४ घन्टा नपुग्दै पुनःपेट्रोल तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य बढ्ने बताउनुभएको छ ।
शनिबारमात्रै नेपाल आयल निगम सञ्चालक समितिको बैठकले उद्योगलाई डिजेलमा पुरानो दरमा रु १८.९१ वृद्धि गरी रु ९५ मा र मट्टतिेलमा पुरानो मूल्य रु ७६ मा रु ७.१२ वृद्धि गरी रु ८४ मा बिक्री गर्ने प्रबन्ध मिलाएको थियो ।
उक्त निर्णय भएको २४ घन्टा बित्न नपाउदै पुनःपेट्रोल तथा एलपी ग्यासमा मूल्यवृद्धि गर्ने तयारी सरकारले गरिहेको आइतबार काठमाण्डौंमा आयोजित पत्रकारसम्मेलनमा मन्त्री भट्टले सो कुरा बताउनुभएको हो ।
हाल उपभोक्ताले पेट्रोलमा रु १०५ र खाना पकाउने ग्यास (एलपी) मा रु एक हजार ३२५ तिर्दै आएका छन् । सार्वजनिक यातायात र सर्वसाधारण उपभोक्ताले भने डिजेल र मट्टतिेलमा बढेको मूल्य तिर्नुनपर्ने मन्त्री भट्टले जानकारी दिनुभयो ।
इरानको नाकाबन्दी, डलरको भाउमा वृद्धि र इन्धनको ज्यादा माग भएकाले नेपालमा पेट्रोलको मूल्य बढाउनु परेको आयोगको दाबी छ ।
उद्योगलाई तोकिएको मूल्यमा डिजेल र मट्टतिेल बिक्री गर्न पाउँदा अब निगमलाई भने कुनै घाटा नपरेको निगमका निमत्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक अग्रवालले आयल निगमलाई अझै पनि १९ अर्ब ऋण लागेको र प्रति वर्ष रु एक अर्ब २६ करोड थप ऋण बढ्दै गइरहेको बताउनुभयो । अहिले निगमलाई पेट्रोलमा रु ३ र खाना पकाउने ग्यास -एलपी) मा प्रतिसिलिण्डर रु ३४० घाटा रहेको छ ।
पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष सरोज पाण्डेले सर्वसाधारण नेपालीलाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकारले इन्धन ढुवानीमा कर छुटको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
नेपाल आयल निगमले नेपाल सरकारलाई पेट्रोलियम पदार्थ ढुवानी गरेवापत राजस्व, भन्सार र स्थानीय कर गरी वाषिर्क रु एक अर्ब २९ करोड राजश्व बुझाउने गरेको छ ।
हाल नेपालमा मट्टतिेल, डिजेल र पेट्रोल गरी एक लाख किलोलिटर खपत हुने गरेको र वाषिर्क ३० प्रतिशत थप माग हुँदै गइरहेको आयल निगम स्रोतले भन्यो ।
तपाईको प्रतिक्रिया