Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापान एयरलाइन्स (जेएएल) ले बिहीबार साइबर आक्रमण भएको जनाएको छ। यो घटनाले कम्पनीका केही घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ गराएको भए पनि ठूलो अवरोध वा सामूहिक उडान रद्द भएको थिएन। एयरलाइन्सले समस्या पहिचान गरी समाधान गरेको बताउँदै प्रणाली पुनःस्थापना भइरहेको जानकारी दियो। कम्पनीको चेक-इन र ब्यागेज प्रणालीमा आएको समस्याले जापानका प्रमुख विमानस्थलहरूमा एक दर्जनभन्दा बढी उडान प्रभावित भएका थिए। उडानमा ढिलाइ भए पनि यात्रुलाई ठुलो असुविधा हुनबाट जोगाइएको सार्वजनिक प्रसारक एनएचकेले उल्लेख गरेको छ।

जेएएलका प्रवक्ताले बिहान ७:२४ बजेबाट नेटवर्कमा अवरोध सुरु भएको जानकारी दिए। उक्त समस्याको कारण पत्ता लगाई, समस्या सिर्जना गरिरहेको राउटरलाई बिहान ८:५६ मा अलग गरि प्रणाली पुनः सञ्चालनमा ल्याइएको बताइएको छ। यो आक्रमणले जेएएलको सेयरमा पनि असर गरेको छ। जसका कारण सेयर मूल्य २.५% सम्म घटेको देखिएको थियो।

जापानमा साइबर आक्रमणका घटना यसअघि पनि भएका छन्। सन् २०२३ मा जापानको अन्तरिक्ष एजेन्सी जाक्सा, नागोया बन्दरगाह र टोयोटा जस्ता ठूला संस्थाहरू यस्तै हमलाबाट प्रभावित भएका थिए। पछिल्ला घटना साइबर सुरक्षा बलियो बनाउने आवश्यकतालाई थप बल दिन्छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया