समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँ पुगेको छ। बुधबार सुनको कारोबार मूल्य तोलाको १ लाख ६३ हजार रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।