Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएको छ। पार्टी सभापति रवि लामिछानेसहित नेताहरूले अदालती कारवाहीमा हस्तक्षेप गर्ने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र न्याय प्रक्रियामा अवरोध पुर्‍याउने प्रयास गरेको आरोपमा यो मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको हो।

लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान चलिरहेका बेला अदालती प्रक्रियाविरुद्ध आन्दोलन गरेको भनिएको छ। उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम र सन्तोष परियारसमेतलाई विपक्षी बनाइएको छ।

अधिवक्ता अनुपम भट्टराईले बिहीबार सर्वोच्च अदालतमा यो मुद्दा दायर गरेका हुन्। रास्वपाका नेताहरूले न्याय निरूपण प्रक्रियामा प्रभाव पार्नेगरी सभा आयोजना गरेका र न्यायपालिकाबारे गलत जानकारी फैलाएर नागरिकहरूमा भ्रम उत्पन्न गराएका छन्, जसले स्वतन्त्र न्यायपालिकाको प्रतिष्ठामा असर गरेको निवेदनमा आरोप लगाइएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया