Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
वासिङ्टन– अमेरिकी राष्ट्रपति भवनको बाहिरी भागमा रहेको झ्यालको निकै जटिल प्रविधिबाट बनेको सिसामा एक तथा त्यसको नजिकै अर्को एक गोली फेला परेको यहाँको गुप्तचर सेवाले बताएको छ ।
शुक्रबार हृवाइट हाउसनजिकै गोली प्रहार भएको आवाज सुनिएपछि अमेरिकी राष्ट्रपतिका अङ्गरक्षक तथा अधिकारीहरूले यस विषयमा अनुसन्धान आरम्भ गरेको उक्त सेवाले एक विज्ञप्तिमार्फत जनाएको छ ।
पछि गुप्तचर सेवाले उक्त गोली हृवाइट हाउसबाट सात सय देखि आठ सय मिटर परबाट चलेको निश्चय गरेको र २१ वर्षीय ओस्कार ओर्टेजा हर्नान्देजमाथि पक्राउ आदेश जारी गरिएको बताएको छ । गोली प्रहारका विषयमा थप विवरण दिइएको छैन ।
यस विषयमा थप अनुसन्धान भइरहेको पनि उक्त सेवाले बताएको छ ।
तपाईको प्रतिक्रिया