Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई माघ भित्रै हस्तान्तरण गर्ने दाबी गरेका छन्। आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्रै हुने दाबी गरेका हुन्।

उनले कर्मचारीहरुलाई निर्देशन दिँदै आवश्यक तयारी गरिसक्नु पर्ने बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवद्वता जनाएको बताए ।

‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरूवा, बढुवाको विधि निर्माण गरेर पूर्वतायरीमा लाग्नुको विकल्प छैन’, उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महशुस हुने गरी काम गर्नूहोस् ।’ कार्कीले भने।

तपाईको प्रतिक्रिया