Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका छन् । भट्टराईले सोमबार फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन् ।

यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए । ‘म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउँमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनु हुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउने छ । म त्यसका लागि साथमा हुनेछु’, डा. भट्टराईले चुनाव लड्ने स्पष्ट पार्दै भनेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसले जानेर/नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन ।’

सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता तथा समाजको सेवा गर्ने साधन रहेको पनि उनले बताएका छन् । ‘म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।’

आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेको उनले दाबी गरेका छन् । केही शुरू भएका आयोजना पूरा हुन बाँकी रहेको र ती आयोजना पूरा गर्न संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गर्ने पनि उनले स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया