Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
इटहरी- सुनसरी जिल्लाको मधेसा-४ स्थित राजमार्गमा सोमबार भएको दुर्घटनामा आठजनाको मृत्यु भएको छ । उक्त घटनामा अरू आठजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार विराटनगरबाट गाईघाटका लागि हिँडेको ना. ३ ख ३१४१ नम्बरको बस र इनरुवाबाट इटहरीतिर आउँदै गरेको को. १ ज ९३० नम्बरको माइक्रो एकआपसमा जुध्दा माइक्रोमा यात्रा गरिरहेका यात्रुहरूको मृत्यु भएको हो ।
पूर्वक्षेत्रीय ट्राफिक प्रहरीका अनुसार सो घटनामा माइक्रोका चालक भोजपुरनिवासी दुर्गा खत्री, मधेसा गाविस-५ का डम्बरकुमारी कार्की, वीरबहादुर कटुवाल, रत्नबहादुर विष्ट र भासी गाविस-४ का रजिया मल्लिक र सुनसरी इनरुवा-७ की ४८ वर्षीया गीता कार्कीको उपचारका क्रममा मृत्यु भएको छ भने मृतक कृष्ण फुयाँलको सनाखत भएको छ । मृतकमध्ये एकजनाको सनाखत हुन सकेको छैन ।
सो घटनामा गम्भीर घाइते भएका सिरहाका २९ वर्षीय लक्ष्मण ठाकुर, सुनसरी महेन्द्रनगर ४ बस्ने २० वर्षीय हरि खत्री, सुनसरी इनरुवा ७ का १९ वर्षीय रामकुमार मरिक र मधेसा-७ निवासी ६० वर्षीया मनमाया कटवालको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सोही घटनामा गम्भीर घाइते भएका सुनसरी मधेसा-५ का ५५ वर्षीया बालकुमारी फुयाँल, ६५ का घनश्याम फुयाँल, सोही गाविस-५ कै ५५ वर्षीया कमला कार्की र सङ्खुवासभा खराङनिवासी ३४ वर्षीय झपटबहादुर हृयाङ्वालाई धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारार्थ लगिएको प्रहरीले बताएको छ ।
दुर्घटना भएको बसका चालक सिरहा धोरना-५ मोहनपुरका ३५ वर्षीय देवचन्द्र यादवको भने जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको र सो घटनामा सामान्य घाइते भएका चारजना जिल्ला अस्पताल इनरुवामा उपचारपछि घर फर्किएका छन् ।
बसको अगाडिको चक्का फुस्किएर एक्कासि पश्चिमबाट आउँदै गरेको माइक्रोसँग जुध्दा माइक्रोमा यात्रा गर्ने धेरै यात्रुको मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया