काठमाडाैं – नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिमपात भएको छ । बिहीबारदेखि भएको हिमपात कारण ढोरपाटन उपत्यका सताम्मे भएको छ ।
हिमपात भएसँगै चिसोबाट बच्न स्थानीय बोबाङ झरेका छन् । ढोरपाटनमा यस वर्षको यो दोस्रो हिमपात हो । हिमपातले वातावरण चिसो बनाए पनि अहिले हल्का घाम लागेको स्थानीय दीपक अदैले बताउनुभयो ।ढोरपाटन उपत्यकाको वातावरण यति बेला मनमोहक देखिएको छ । बागलुङको ढोरपाटन, निसी, शिवको धुरी, अधिकारीचौरलगायत क्षेत्रमा हिमपात भएको छ ।