Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडाैं – नेपाली मुलकी चेली प्रतिष्ठा ‘तृष’ राउत करिब २२ हजार आवेदकमध्येबाट छानिएर ‘मिस इंग्याण्ड प्रतियोगिता-२०१९’ को फाइनल पुगेकी छिन् । बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा पहिलो पटक नेपाली त्यो चरणसम्म पुग्नुलाई यहाँको नेपाली डायस्पोराले गर्वका रुपमा लिएको छ ।संखुवासभा चैनपुरकमा जन्मेकी प्रतिष्ठा पेशाले भने फ्लोर प्लान आर्किटेक्ट हुन् । हाल अल्डरसट बस्दै आएकी वर्षीया प्रतिष्ठा भूपु गोर्खा प्रकाश राउतकी छोरी हुन् । प्रतिष्ठाले मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित व्यक्तिको सहयोगका लागि च्यारिटी जुटाइरहेकी छन् ।५४ प्रतिष्पर्धीबीच १० राउण्डमा मिस इंग्ल्याण्ड २०१९ फाइनल यही ३१ जुलाई र १ अगष्टमा न्यू क्यासल अपन टाइनमा हुने तयारी छ । ३१ जुलाइमा स्पोर्टस् डे र सौन्दर्यसम्बन्धि परीक्षा अनि भोलिपल्ट ‘ग्रयाण्ड फिनाले’ हुने आयोजकले जनाएका छन् । सबै प्रतियोगी फाइनल क्याटवाकमा देखिनेछन् भने क्रमशः टप २० र टप ५ छानिने छन् ।१ अगष्ट बिहीबार १२ बजेसम्म भोटिङ समयसीमा छ । प्रतिष्ठाले ‘मिस इंग्ल्याण्ड ४२ टु ६३३३३ मा टेक्सट’ गरेर वा अनलाइन भोटमार्फत् सहयोग गर्न पनि अपिल गरेकी छन् ।

तपाईको प्रतिक्रिया