Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

आजकल विदेश नजाने मान्छे कमै भेटिन्छन् । रोजगारी, अध्ययन र भ्रमणमा लागि त्रिभुवन विमानस्थलबाट भुइ छाड्ने नेपालीको लर्को दिनहुँ बढ्दो छ । हामीजस्ता कम विकसित देशका मान्छेलाई विदेश यात्रा रहर बन्नु स्वाभाविकै हो । तर धेरै नेपालीका लागि विदेशको जनजीवनमा रमाउने चाहना रहर मात्र नभै वाध्यता पनि रहेछ भन्ने कुरालाई नकार्न सकिंदैन । कागजमा देखाउने जेसुकै विषय होस्, धेरै नेपालीको चाहना भनेको विदेश गईसकेपछि रोजगारीमा लाग्नु पनि हो । यहाँबाट रोजगारीकै लागी मात्र गएकाहरु त भई नै हाले, तर अध्ययन र भ्रमणमा गएकाहरु पनि आफ्नो न्यूनतम खर्च जुटाउन नै किन नहोस् केहि समय रोजगारीमा लाग्ने गरेका भेटिन्छन् । पढिसकेपछि र केहि अनुभव संगालिसकेपछि नेपालमै रोजगारीको अवस्था सिर्जना भइदिएको भए धेरै कमले मात्रै विदेशको चाहना राख्थे होलान् । तर देशमा रोजगारी र व्यवसाय दुवैको ग्यारेण्टी नभइदिदा अधिकांश नेपाली नागरिक आफ्नै देशमा आन्तरिक पर्यटक बन्नुपरेको छ ।

विदेश यात्रा भनेजस्तो सजिलो पनि छैन । भनेको बेला झ्याप्प जान पाइने । अनि चाहेको बेला विदेश गएर काम गरी मनग्गे पैसा कमाउने । हामी नेपालीका लागि यी दुवै काम कठिन हुन् । आफ्नै देशमा ठगिएका नेपालीलाई विदेशमा सजिलो हुने कुरै भएन । झन् वैदेशिक रोजगारीको समस्या दिनहुँ बढिरहेको छ । सरकारको नीति तथा कार्यक्रम कागजमा सीमित भएर पनि व्यवहारमा लागु नभइदिंदा रोजगारीका लागि विदेशिनेहरु दिनहुँ समस्यामा परिरहेका छन् । हण्डर र ठक्कर नेपालमै खाए त हुन्थ्यो, अर्काको देशमा गएर पनि हण्डर र दुःख खानपर्दा परेको पीडाको सीमा छैन । एकपटक मान्छेमा विदेश जाने भूत सवार भईसकेपछि हत्तपत्त छुट्न गाह्रो छ । लिसो टासिएझैं टासिन्छ त्यो भूत । अनि उसले सपना देख्छ, विदेश जानेवित्तिकै मनग्गे पैसा कमाएको । बंगला खरिद गरेको । गाडी चढेको । अनि आरामदायी जीवन व्यतित गरेको । यहाँ अध्ययन र भ्रमणमा जाने मान्छेको कुरा छाडौं । मात्र रोजगारीका लागि विदेश जाने मान्छेहरुका यी सबै सपनाहरु सपनामै विलिन भएर गएका छन् । कारण एउटै छ, विदेश जाँदा आवश्यक तयारी नगर्नु ।

पासपोर्टमा भीसा लागेपछि हरेक नेपालीले त्यो छापलाई पैसाकै छाप भन्ने सम्झन्छ । भीसा भएको पासपोर्ट उसका लागि त पैसा छाप्ने मेसिन जस्तै भइसक्यो । यो लिएर नेपालको एअरपोर्टं छाड्दैमा झोलामा बरबरती पैसाको रास र्झछ र विदेशमा त पैसा फल्ने रुख टिप्न पाइन्छ भन्नु मुर्खता सिवाय केहि होइन । यद्यपि वैदेशिक रोजगारीमा सम्बन्धमा केहि सावधानी अपनाएर पूर्वतयारी अपनाइयो भने धेरै हदसम्म वैदेशिक जीवन सुखमय भएका उदाहरण पनि छन् । जसका बारे केहि चर्चा गर्न आवश्यक छ ।

सर्बप्रथम आफू रोजगारमा जान लागेको मुलुकको जानकारी र आफूले गर्न चाहेको कामको बारेमा दक्षता नलिइकन गइयो भने विदेशमा टिक्न गाह्रो छ । पासपोर्टमा भीसा लागेर विदेश त टेकिहालम्, अनि देखाजाला भन्ने धेरैको मनसाय बुझिन्छ । वास्तवमा यस्तो सोच गर्नु निकै गलत हो । विदेशमा तपाईलाई रोजगारी दिने कम्पनी र त्यसको मालिकको ठाउँमा आफूलाई राखेर हेर्नुस् त । काम केहि नजानेको मान्छेलाई कसैले तलब दिएर आफ्नो कम्पनीमा राख्छ होला ? अवश्य राख्दैन । जब तपाइलाई त्यो मुलुकको भौगोलिक जानकारी, भाषा र आफूले त्यहाँ काम गर्ने कामको बारेमा केहिपनि जानकारी छैन भने कसरी कामदार भएर बस्न सकिन्छ ? वैदेशिक रोजगारीमा जाने नेपालीहरुले अहिले यहि कारणले निकै ठूलो सास्ती खेपिरहेका छन्, विदेशमा ।

वैदेशिक रोजगारीमा जानुपूर्व नेपालको श्रम विभागले विदेश जान लागेको व्यक्ति, जान लागेको मुलुक, उसले गर्ने रोजगारीको प्रकृति, अनि कामदार र मालिकबीच भएको एग्रिमेण्ट पेपरका बारेमा अध्ययन गर्छ । यो एग्रिमेण्ट पेपरमा कामको प्रकृतिदेखि पारिश्रमिक र कामदारले पाउने अन्य सेवा सुविधा सहित अन्तरराष्ट्रिय श्रम सम्झौता बमोजिम कामदारकै पक्षमा विभिन्न शर्त तथा नियमको परिधिभित्र रहेर कामदार र मालिकबीच सम्झौता गरिएको हुन्छ । त्यहाँ लेखिएअनुसार विदेशमा कामदारलाई सेवा सुविधा दिइए त राम्रै हुनेथियो । तर यो सम्झौता केवल कागजमा मात्रै सीमित छ । यसलाई न वैदेशिक रोजगारमा जाने व्यक्तिले राम्रोसंग अध्ययन गरेको हुन्छ, न त श्रम विभागले नै राम्रोसंग अनुगमन गरेकै पाइन्छ । कथम् कदाचित एकाध रुपमा कोहि कामदारले पढेका र श्रम विभागले पनि अनुगमन गरेको पाइए पनि विदेशमा यस्ता सम्झौता रद्धीका टोकरीमा फालिन्छन् । यसो गर्ने सबै दलाल अर्थात् मानव तस्करहरु नै हुन् ।

पासपोर्टमा भीसा लागेर उड्न ठिक्क परेपनि विदेश जानपर्ूव कामदारले स्वास्थ्य परीक्षण, वीमा र अभिमुखीकरण तालिम अनिवार्य लिएको हुनुपर्छ । यी सबै हालसम्म कागजमा मात्रै सीमित छन् । विदेश जानेमध्ये १० प्रतिशतले पनि यो नियम कार्यान्वयन गरेको पाइएको छैन । सबैले विदेश जाने हतारो र तयारीका कारण राम्रोसग विधि पुरयाएर यी काम गर्दैनन् । विदेशमा गएर हण्डर खेप्नभन्दा दुइचार दिन आफ्नै देशमा तयारी गरेर गए वैदेशिक जीवन सरल र सहज हुन्छ भन्ने कुरा कमै नेपालीले मात्रै बुझेका छन् । यो कमजोरी व्यक्तिको मात्रै नभएर सरकारका पनि हो । श्रम विभागले ध्यान दिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिको तयारीका बारे अनुगमन गरयो भने मात्रै पनि धेरै हदसम्म नेपालीहरुको वैदेशिक रोजगार पनि सफल हुनेथियो ।

अब विदेशमा रोजगारीका लागि जाने नेपालीले त्यो देशमा बोलिने भाषा या आफ्नो कम्पनीमा प्रयोग हुने भाषाका बारेमा ज्ञान नलिइकन गयो भने स्थिति निकै नाजुक छ । काम पनि नजान्ने, भाषा पनि नजान्ने भयो भने त्यहाँभन्दा कष्टकर जीवन अरु हुनै सक्दैन । भाषा नजानेको खण्डमा कामले भएपनि मालिकलाई चित्त बुझाउन सकिन्छ । साथै कामै नजाने आफूसंग भाषा बोल्ने क्षमता भएदेखि केहि समय साथीहरुको मद्दतले सिकेरै भएपनि काम गर्न सकिन्थ्यो । तर दुवै नभइदिंदा न काम गर्न पाइन्छ, न मालिकले नै तपाइलाई काम सिकाउन समय खर्च गर्नसक्छ । आखिर केहि सीप नलागेपछि विदेश मान्छेका लागि घाँडो हुन्छ । नेपाल हुँदा बुरुक बुरुक खुट्टा उचालेकाहरु छटपटिनुबाहेकको विकल्प रहँदैन । त्यतिबेला गल्ली, चोक र सार्वजनिक स्थलमा आफूलाई माया गर्ने कोहि दयावान् नेपाली फेला पर्छन् कि भनेर भौतारिनु बाहेक उनीहरुसंग अर्को विकल्प पनि रहँदैन । अनि बल्ल जस्तोसुकै संघर्ष गर्न पनि नेपालीहरु तयार हुन्छन् । त्यतिबेला थ्री डी डर्टी, डिफिकल्ट र डेन्जर अर्थात् फोहोरो, गाह्रो र खतरा काम गर्न बाध्य हुनुपर्छ, नेपालीले । जसका कारण दिनहुँ विदेशबाट लाश बनेर फर्किएका नेपालीको लर्कोमा आफू पनि त्यही लासको वाकसमा आउन बेर लाग्दैन । अनि सपनाहरु सबै उडेर भताभुंग हुन्छन् । सानो तयारीको कमी र केहि सावधानी नअपनाउँदा आफ्नै कारणले परिवारले समेत जीवनभर कष्ट वेहोर्नपर्छ । यसैले यस कुरामा ध्यान दिन आवश्यक छ ।

विदेश गएकाहरु सबैले कमाएका मात्रै हुँदैनन् । निश्चय नै विदेशमा पैसाको रुख पनि छ । तर त्यो टिप्न जान्नैपर्छ । अनि रुखमा फलेको पैसा टिप्न रुख चढ्न जान्नैपर्छ । धेरैले भन्नेपनि गर्छन्, विदेशमा पैसा बाघको मुख र नंग्रामा पनि हुन्छ । यसैले बाघको मुखमा हात पसाल्दै नंग्राबाट पैसा निकाल्नु सहज पक्कै छैन । माथि भनिएझैं काममा दक्ष भएर निकै सावधानीका साथ सबै तयारी गरेर मात्रै पनि हुँदैन । आफूले आफ्नो तर्फबाट गर्ने वैदेशिक रोजगार वीमा त अनिवार्य भइहाल्यो, त्यसमाथि रोजगारदाता कम्पनीले वीमा गरिदिनुपर्छ । विदेशमा काम गर्दा अंगभंग भएको, विरामी भएको या मृत्यु नै भएका अवस्थामा समेत यस्ता वीमाले निकै राहत दिन्छ । यसैले आफूले नेपालमै केहि गर्न सकेको खण्डमा सकभर वैदेशिक रोजगारीमा नलागेकै राम्रो हुन्छ । होइन भने वैदेशिक रोजगारमा जानुपूर्व यस सम्बन्धमा जानेबुझेका लगायत अन्य सरोकारवाला निकायसंगको सल्लाह बमोजिम दलालको फन्दामा नपरी विदेश प्रस्थान गरियो भने त्यो निकै श्रेयस्कर हुनेछ ।

[email protected]

(लेखक नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक सचिव हुन)

तपाईको प्रतिक्रिया