काठमाडाैं – महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । सैनिक परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न गरिएको थियो ।राष्ट्रपति भण्डारीलाई सलामी दिइनुका साथै इज्जत अर्पण कवाज गरिएको थियो । कार्यक्रममा सैनिक ब्याण्ड, हतियार तथा उपकरण, विशेष फौजलगायतका प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रममा सातवटै प्रदेशका संस्कृतीलाई झल्काउने झाँकी प्रस्तुत गर्नुका साथै प्यारासुटको माध्यमबाट फ्रि-फल जम्पको पनि प्रदर्शन गरिएको हो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपीशर्मा ओली, प्रतिनिधि सभाका समामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीहरु तथा अन्य उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
सेना दिवसमा टुँडिखेल यस्ताे देखियो हेर्नुस्, तस्बिरमा :-
तस्बिर : रासस