काठमाडौं – दोस्रो चरणको चुनावको नतिजा धमाधम आउन थालेको छ । अहिलेसम्म सात वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा कांग्रेसले चार, एमाले दुई तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएका छन् ।
प्रमुख पदमा विजयी
नेपाली कांग्रेस
- बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी (अध्यक्ष)
- बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत (अध्यक्ष)
- संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा (अध्यक्ष)
- संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई (अध्यक्ष)
नेकपा एमाले
- बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
- बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही
माओवादी केन्द्र
- सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
उपप्रमुख पदमा विजयी
कांग्रेस
- बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा (उपाध्यक्ष)
- बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद (उपाध्यक्ष)
- संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई (उपाध्यक्ष)
- संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ (उपाध्यक्ष)
एमाले
- बझाङको मस्टा गाउँपालिका उपाध्यक्ष–भगवती बोहरा
- बाजुराको पाण्डवगुफा गाउँपालिका, उपाध्यक्ष–ऐना गिरी
माओवादी केन्द्र
- सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष–प्रमिला बस्नेत